फेवातालमा माछा मार्ने क्रममा डुबेर बागलुङका सुकबहादुरको मृत्यु
पाेखरा | असार १२, २०८१
पोखरा: फेवातालमा माछा मार्ने क्रममा डुबेर बागलुङका सुक बहादुर मगरको मृत्यु भएको छ । खपौदीस्थित फेवातालमा माछा मार्ने क्रममा मगरको आज (बुधबार) डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा महानगरपालिका–१४ खपौदीस्थित फेवातालमा आज (बुधबार) माछा मार्ने क्रममा बागलुङ घर भएका मगर फेवातालमा डुबेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
फेवातालमा डुबेका मगरको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएपनि चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्की जिल्लास्थित सार्वजनिक विद्यालयको जग्गा गैरकानुनीरूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय भूमि आयोग, जिल्ला समिति कास्कीका तत्काली...
पोखरा: सुन्दा अचम्म लाग्न सक्छ, महँगीको वर्तमान समयमा कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित रत्नशोभा माध्यमिक विद्यालयले विद्यालयका विद्यार्थीलाई प्रतिछाक खाना रु ३० मा खुवाउँदै आएको छ । व...
रौतहट: मंङ्गलबार बिहानदेखि अवरुद्ध पूर्वपश्चिम महेन्द्र राजमार्ग २४ घण्टापछि सञ्चालन भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक मंगलबार बिहान ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो ।...

